१० मंसिर २०८१, सोमबार 1732559560
समाचार

अस्वाभाविक अन्तर्राष्ट्रिय हवाई भाडा अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा अस्वाभाविक मूल्य तिर्नुपरेको व्यापक गुनासोपछि सरकारले एक अध्ययन कार्यदल गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन भएको हो । उच्च दरको हवाई टिकट खरिद–बिक्री गरेको विषयमा कुनै गुनासो भए हवाई टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, बिलभौचर लगायत अन्य प्रमाण सहित  [email protected]  मा पठाइदिन कार्यदलले आग्रह गरेको छ ।

२३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निर्माणका काम जारी रहेकाले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी र ट्राभल एजेन्सीको ‘मिलेमतो’ मा हवाई भाडामा ठगी भइरहेको गुनासो यात्रुहरूले गर्दै आएका छन् ।