११ मंसिर २०८१, मंगलबार 1732648524
Banner

३३ अंकले बढ्यो नेप्से, ३ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) ३३ अंकले बढेको छ । १.२३ प्रतिशतले बजार बढ्दा परिसूचक २७१६.६६ बिन्दुमा उक्लिएको छ । आज २११ कम्पनीको मूल्य बढ्यो । यसमध्ये ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड आईडीआई मार्दी र कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लाग्यो ।

मंगलबार मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६२ प्रतिशतले बढ्यो । आज १ करोड ४२ दाख ९२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार नेप्सेका सबै उपसमूहको सूचक बढेको छ ।