२९ मंसिर २०८१, शनिबार 1734201454
Banner

गुल्मीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, पाँच जना घाइते

गुल्मी- गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–४ दजाकोटस्थित भित्री कच्ची सडक खण्डमा बुटवलबाट देउराली तर्फ आउँदै गरेको सु.प्र.१००१ ज १३८५ नं. को फोर्स गाडी ओरालो झर्दा मोडमा अनियन्त्रत भई दुर्घटना भएको हो ।

शुक्रबार बेलुकी भएको दुर्घटनामा रेसुङ्गा नगरपालिका वडानम्बर-८ स्थायी घर भएका ४५ वर्षीय रबिन कुमार श्रीसलाई गुल्मी अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार, सवारी चालक जिल्ला गुल्मी मुसिकोट नगरपालिका २ देउरालीका २४ वर्षीय दिपक सुनार, सोही ठाउँका २० वर्षीय माधव आचार्य, ४३ वर्षीय गंगा भट्टराई, रेसुङगा नगरपालिका ८ छापटोला बस्ने ३८ वर्षीय बसन्ती श्रीस, बसन्ती श्रीसको छोरा ८ वर्षीय एक्सन श्रीस घाइते भएका छन् । मृतक रबिन कुमार श्रीस बसन्ती श्रीसका श्रीमान् हुन् ।

घाइतेहरुको गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको छ ।