७ भदौ २०८३, आइतबार 1787484929
Banner

देश बनाउने र सुशासन ल्याएरै छाड्ने हो : प्रधानमन्त्री ओली

काठमाडौँ, मङ्सिर २८ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली एकापसमा मिलेर देश बनाउने र सुशासन ल्याएरै छाड्ने सङ्कल्प गर्नुभएको छ। 

बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १, २ र ७ को प्रशासनिक भवन  तथा कपन ह्याण्डबल बहुद्देश्यीय खेल मैदानको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासको अभियानलाई अगाडि बढाउने  र हरेक क्षेत्रमा विकासका कामलाई ध्यान दिने बताउनुभएको हो। 

“केही मान्छेको स्वार्थका कारण देश बन्न बन्न सक्दैन। देश अघि बढ्छ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालको फुटबल क्षेत्रलाई हामी अझै अगाडि बढाउनेछौँ। हाम्रो खेल क्षेत्रमा अन्तर्राष्ट्रिय उपस्थिति राम्रो छ।’

उहाँले नेपालको परिचय राख्ने खेलाडीलाई धन्यवाद दिनुभयो। उहाँले भन्नुभयो, ‘‘हामी हरेकले आफ्नो क्षेत्रबाट देश नाम विश्वमा राख्ने काम गर्दै जानुपर्छ। त्यसमा सरकारको सक्दो साथ रहनेछ।”