३ जेष्ठ २०८३, आइतबार 1779038947
Banner

पीएल सिंह आँखामा नबिझाउने व्यक्ति थिए : सभापति  देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले काठमाडौंका महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको बताएका छन् । शनिबार काठमाडौंमा पीएल सिंहको १३औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभापति देउवाले पीएल सिंह कहिल्यै नथाक्ने र सधैँ सक्रिय हुने व्यक्ति रहेको बताए । स्व.सिंहले काठमाडौंवासीको सेवा महत्वका साथ समर्पित भएर काम गर्ने योद्धा भएको बताए । उनले भने,‘उहाँ कहिल्यै नथाक्ने, अत्यन्तै क्रियाशिल र सक्रिय व्यक्तिको रुपमा मैले लिएको छ । उहाँले गणेशमानजीको बलिदानलाई मात्रै होइन, काठमाडौंवासीहरुको सेवा पनि उहाँले महत्वका साथ समर्पित भएर गर्नुभयो।’

उनले जनताकाप्रति उत्तरदायी भएकाले नै स्व. सिंह आँखामा नबिझाउने व्यक्ति रहेको बताए। उनले स्व. सिंहले देखाएको बाटोमा हिँड्नसके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने पार्टीलाई अझ लोकप्रिय बनाउन मद्दत पुग्ने बताए। ‘उहाँ मेहनती, लोकप्रिय, नेपाली काँग्रेसको काठमाडौं महानगरपालिकाको मेयरमा उहाँमात्रै जित्नुयो। अहिलेसम्म हामीले अरुले जितेको छैन । जनताकाप्रति उत्तरदायी भएकाले उहाँ लोकप्रिय हुनुभएको हो। उहाँको जति बखान गरेपनि कम हुन्छ। उहाँ आँखामा नबिझाउने व्यक्ति हुनुहुन्थ्यो।’ उनले भने।