स्याङ्जा : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले २०८४ साल भित्रै संविधान संशोधन हुने दाबी गरेका छन् । नेपाली काङ्ग्रेसको सय दिने विशेष अभियानको वालिङमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका सांसद गुरुङले नेपाली काङ्ग्रेस र एमाले बिच भएको सातबुँदे सहमति तलमाथि नहुने भन्दै सबैको सहमतिमा २०८४ साल भित्र संविधान संशोधन हुने बताएका हुन् ।
उनले भने, ‘संविधान संशोधन काङ्ग्रेस र एमालेको लागि मात्रै चाहिएको होइन सबैलाई चाहिएको छ । त्यसैले संविधान संशोधनमा सबैलाई समेटिन्छ ।’ कानुनको अभावमा देशको अर्थतन्त्र धराशायी बनेको भन्दै देशको अर्थतन्त्र सुदृढ गर्न पनि अहिलेको सरकारले निरन्तरता पाउने बताए ।