काठमाडौं । सिन्धु विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कायम रहेको चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको ४ सय ५० औं वैठकले चुक्ता पुँजी बढाउन हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको हो । बैंकको फागुन २८ गते हुने १४ औं तथा १५ औं वार्षिक साधारणसभामा हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्ने भएको छ ।

बैंकले हाल कायम रहेको चुक्ता पुँजीमा २ बराबर १ अनुमापत (प्रत्येक २ सेयरमा १ हकप्रद सेयर) जारी गर्ने प्रस्ताव साधारण सभामामा पेश गर्ने भएको छ । नियामक नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम प्रदेश स्तरको विकास बैंक हुन आवश्यक न्यूनतम चुक्ता पुँजी १ अर्ब २० करोड कायम गर्न हकप्रद जारीको प्रस्ताव गरेको बैंकले जनाएको छ ।
बैंकको चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ छ । बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने प्रस्ताव सभामा पेश गर्ने भएको छ । साधारणसभा धुलिखेलस्थित होटल मिरावलमा बस्ने निर्णय गरेको छ । साधारण सभा प्रयोजनका लागि फागुन १५ गते १ दिन बुक क्लोज गरिने बैंकले जनाएको छ ।


