२५ श्रावण २०८३, सोमबार 1786404770
अर्थ

नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो भोलिदेखि

काठमाडौं । “सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो” यही २०८१ फाल्गुन २, ३ र ४ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल भित्रका कृषि उद्यमी, व्यावसायीका साथै विदेशी व्यावसायी तथा कम्पनीहरुको प्रदर्शनी स्टल रहने छ । कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स प्रालि, फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालि तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिले संयुक्त रुपमा “सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो” गर्न लागेका हुन् ।

यस प्रदर्शनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रवद्र्वकको मुख्य भुमिकाको रुपमा रहेको छ भने सहयोगी संस्थाहरुमा नेपाल गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल पोल्ट्री महासंघ, राष्ट्रिय दुग्ध विकास वोर्ड, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि तथा राष्ट्रिय कृषक समुह महासंघ नेपाल रहेका छन् ।