८ मंसिर २०८१, शनिबार 1732351332
राजनीति

रौतहटका सीडीओलाई तत्काल निलम्बन गर्न एमालेको माग

काठमाडौं – मतदान केन्द्रदेखि मतगणनास्थल निर्धारणमासमेत पाँच दलीय गठबन्धनसँग मिलेको आरोप लगाउँदै रौतहट एमालेले सरकारसमक्ष तत्काल प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निलम्बन गर्न माग गरेको छ ।

एमाले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहले विज्ञप्ति मार्फत् उक्त माग गरेका हुन् । सिडिओमाथि गठबन्धनका उम्मेदवारसँग मिलेर चुनावी वातावरण भयभित बनाएको आरोप लगाइएको छ । ‘सिडिओ काँग्रेसको कठपुतली’ भएको विज्ञप्तिमा उल्लेख छ ।

सिडिओसँगै अन्य केही कर्मचारीले सत्तारुढ गठबन्धनसँग मिलेर चुनावी वातावरण बिथोल्ने प्रयास गरेको भन्दै साहले सररकार र निर्वाचन आयोगसमक्ष निलम्बन र कारबाहीको प्रक्रिया अघि बढाउन माग गर्नुभएको छ।