विराटनगर । नेकपा माओवादी केन्द्रले सुरु गरेको …जनतासँग माओवादीÚ अभियानमा नेपाल समाजवादी पार्टी -नेसपा_का अध्यक्ष महेन्द्र राय यादव पनि जोडिएका छन् । सुनसरीको बर्जु गाउँपालिका-१ शुक्रबारेबाट यादव माओवादीको तराई-मधेश केन्द्रित यो अभियानमा मिसिएका छन् ।
माओवादीका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद जीवन आचार्यका अनुसार यादव अभियानका क्रममा प्रचण्डसँगै हिंड्नेछन् । बाबुराम भट्टराईबाट छुट्टिएका यादव नेतृत्वको नेसपा र माओवादीबीच पार्टी एकताका लागि छलफल हुँदै आएको छ ।


