काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) आज झिनो अंकले घटेको छ । सोमबारदेखि घट्न थालेको नेप्से साताको अन्तिम दिन बिहीबार २.७० अंकले घटेको हो । योसँगै बजार परिसूचक २८१८.४३ विन्दुमा ओर्लिएको छ । आज बजारमा १० अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भयो ।
आज बजारमा ९९ कम्पनीको मूल्य बढेको छ । १३२ कम्पनीको मूल्य घटेको छ भने बाँकी १२ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा आज भुगोल इनर्जी र गार्डियन लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । नबिल बैंक डिबेञ्चरमा मूल्य सबैभन्दा धेरैले घटेको छ ।
बजारमा डेभलपमेन्ट बैंकसहित चार समूहको सूचक बढेको छ । बाँकी ९ समूहको सूचक घटेका छन् । कारोबार रकमका आधारमा आज पनि हिमालयन रि–इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी अगाडि छन् । आज पनि दुवै कम्पनीको कारोबार रकम १ अर्ब भन्दा माथि रहेको छ । कारोबार सङ्ख्याका आधारमा भने आज गार्डियन लाइफ इन्स्योरेन्स अगाडि रह्यो ।


