काठमाडौं । प्रतिष्ठित व्यवसायिक घरनाहरुको लगानीमा बन्न लागेको १ सय ८० मेगावाट क्षमताको कालिगण्डी गर्ज जलविद्युत आयोजनालाई लगानी जुटेको छ । लक्ष्मी सनराइज बैंकको अगुवाइको २९ अर्ब ६३ करोड रुपैयाँ लगानी हुने भएको छ । जसअनुसार लक्ष्मीले बैंकले ९ अर्ब, ग्लोबल आइएमई बैकले ९ अर्ब, सिद्धार्थ बैंकले ५ अर्ब, हिमालयन बैंक र नेपाल एसबिआई बैकले ३ ३ अर्ब र एभरेष्ट बैंकले २ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी हुने भएको छ । बाँकी लगानी स्वपुँजी (इक्विटी) संस्थापक लगानीकर्ता त्रिवेणी, विशाल र प्रधान समूहबाट जुटाइने भएको छ । आयोजनामा संघाइ ग्रुप र विशाल ग्रपको २५ २५, व्यवसायी ज्ञानेन्द्रलाल प्रधानको २५ प्रतिशत स्वामित्व हुने गरि लगानी संरचना बनाइएको छ ।

बाँकी लगानी ५२.४ मेगावाटको लिखु चार आयाजनाका सञ्चालक ग्रिनेभेन्चर्स लिमिटेड र अन्य लगानीकर्ताको स्वामित्व हुने भएको छ । आयोजनाको अध्यक्षमा सुभासचन्द्र संघाइ, अनुज अग्रवाल र ज्ञानेन्द्रलाल प्रधान सञ्चालक रहेका छन् । व्यसायिक घरनाको लगानीमा कालिगण्डकी गर्ज आयोजना निर्माण हुन लागेको हो । आयोजना बनाउन ३९ अर्ब ७४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अर्धजलाशय आयोजनाबाट वार्षिक १ अर्ब ५ करोड ५५ लाख ५२ हजार ३१३ युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।
जसअनुसार वर्खामा ७१ करोड ७३ लाख ३८ हजार र सुक्खायाममा ३३ करोड ८१ लाख १३ हजार युनिट बिजुली उत्पादन हुने विकासकर्ता कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री सम्झौता पीपीए० भइसकेको छ । यद्यपी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १ सय ६४ मेगावाटका लागि मात्र विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिएको छ । विभागले आयोजनाको जडित क्षमता बढाउन स्वीकृति दिएको छ ।
विद्युत प्राधिकरणले अर्धजलाशय आयोजनालाई बेग्लै पीपीए दर निर्धारण गरेको छ । जसअनुसार बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ, पिकिङ अवधिका लागि १०.५५ रुपैयाँ र पिकिङ नहुने अवधिका लागि ८।४० रुपैयाँ पीपीएदर तोकेको छ । आयोजनाले प्राधिकरणबाट वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवृद्धि पाउने छ । सुक्खायाममा आयोजनाको पिकिङ अवधि दैनिक ६ घण्टा हुने छ । आयोजनाले सुक्खायाममा पनि दैनिक ६ घण्टा १ सय ८० मेगावाट बिजुली उत्पादन गर्ने छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको २०७५ असारमा भएको चीन भ्रमणका क्रममा आयोजनाको प्रवद्र्धक हाइड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवा वाटर कन्जरभेसन एण्ड हाइड्रोपावरका प्रतिनिधिबीच लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । विभिन्न कारण देखाएर चिनियाँ कम्पनी नआउने भएपछि नेपाली लगानीमा आयोजना निर्माण हुन लागेको हो । आयोजनाको मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विद्युतगृह प्रस्ताव गरिएको आयोजना म्याग्दीमा हालसम्मकै ठूलो हो ।
विकासकर्ता कम्पनीको अध्यक्षमा सुवासचन्द्र संघई छन । उनी त्रिवेणी ग्रुपका सञ्चालक हुन् । त्रिवेणी र विशाल ग्रुपले ५२।४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ । यस्तै ८२ मेगावाट क्षमताको तल्लो सोलु आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । पछिलल्लो समय ग्रुप जलविद्युतमा लगानी विस्तार गर्न लागेको छ । ग्रुपले सिमेन्ट, खाद्य तेललगायतका उद्योग व्यवसाय सञ्चालन गर्दै आएको छ । यस्तै विदेशी ब्राण्डका मदिरालगायत अन्य वस्तु आयात गर्दै आएको छ ।


