७ जेष्ठ २०८३, बिहिबार 1779369886
Banner

अर्घाखाँचीमा बस दुर्घटना चार जनाको मृत्यु

अर्घाखाँची, १३ चैतः अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

दुर्घटनाग्रस्त बस अर्घाखाँची, १३ चैत : अर्घाखाँचीको भुवनपाटामा आज साँझ दुर्घटना भएको बस । शितगंगा नगरपालिका-२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो।तस्बिर : प्रेमनारायण आचार्य/रासस
शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार गाडी दुर्घटनामा मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ बस्ने ५५ वर्षीय जमुना बस्याल, पश्चिम नवलपरासी भूमही बस्ने अन्दाजी ४५ वर्षीया उमा न्यौपाने र ६५ वर्षीया उमाकी सासुआमा (नाम नखुलेकी) र बर्दघाटका ५० वर्षीय बस चालक मदनकुमार विक रहेका छन् । 

उहाँका अनुसार घाइतेमध्ये सात जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र आठ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ । प्रहरी निरीक्षक पौडेलले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाउँदै उद्धार कार्य पनि भइरहेको बताउनुभयो ।