७ जेष्ठ २०८३, बिहिबार 1779372745
Banner

कांग्रेसलाई बलियो बनाउनुपर्छ : विजयकुमार गच्छदार

काठमाडौं : नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी बलियो बनाउने अभियान सबै नेता–कार्यकर्ताले आफैँबाट सुरुआत गर्नुपर्नेमा जोड दिएका छन्।

कांग्रेस कोशी प्रदेश प्रशिक्षण विभागले बुधबार बिर्तामोडमा आयोजना प्रशिक्षक/प्रशिक्षण कार्यक्रममा नेता गच्छदारले अरूलाई दोष दिनुभन्दा पनि आफैँबाट पार्टी सुदृढ बनाउन लाग्नुपर्ने बताए। उनले भने, ‘गुट–उपगुट समाप्त पारेर एकजुट होऔँ, एकतामा नै शक्ति छ, यो गाह्रो छ तर असम्भव छैन।’ केन्द्रदेखि टोलसम्मकै नेता–कार्यकर्ताले पार्टी अनुशासन र आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिँदै नेता गच्छदारले कांग्रेस पार्टीको विधान ‘प्रेसिडेन्टियल सिष्टम’ मा रहेको बताए

‘सिकाइको क्रम निरन्तर चलिरहन्छ, कोही पनि कुनै पनि विषयमा दक्ष हुँदैन,’ उनले भने, ‘प्रशिक्षणमा सिकेको सीप, पार्टीको इतिहास, वर्तमान र सैद्धान्तिक विषयवस्तुलाई वडा–टोलसम्म पुर्‍याउनु पर्छ।’