७ जेष्ठ २०८३, बिहिबार 1779389439
Banner

राजा फर्काउने आन्दोलनमा साथ दिन संयुक्त जनआन्दोलनको आग्रह

काठमाडौँ । नवराज सुवेदी नेतृत्वको राजसंस्था फर्काउने संयुक्त जनआन्दोलन समितिले आन्दोलनमा साथ दिन आग्रह गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी मुलुकको राष्ट्रियता र देशको रक्षा गर्न राजसंस्था अपरिहार्य संस्था भएकाले साथ दिन आग्रह गरेको हो ।

संयुक्त जनआन्दोलनका संयोजक सुवेदीले ८६ वर्षको उमेरमा संयुक्त आन्दोलनको नेतृत्व गर्ने जिम्मेवारी आफ्नो काममा आएकाले सफलतार्पूवक अगाडि बढ्ने प्रतिबद्धता जनाए । 

‘राजसंस्था पुनर्स्थापना हाम्रो प्रमुख प्राथमिकता हो । ८६ वर्षको उमेरमा मलाई संयुक्त जनआन्दोलन गर्ने जिम्मेवारी दिएको हो । सबैलाई साथ र समर्थन गर्न आग्रह गर्दछु । राष्ट्रियता र देशको रक्षाका लागि राजसंस्था अपरिहार्य छ । अब मुलुकले धेरै हत्या हिंसा र अराजकता थेग्न सक्दैन’, उनले भने