७ जेष्ठ २०८३, बिहिबार 1779379499
Banner

शनिबार बिहान सात बजेसम्मका लागि कर्फ्यू समय थप

काठमाडौँ, १५ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको कर्फ्यूको समय शनिबार बिहान सात बजेसम्मका लागि थप गरिएको छ ।

काठमाडौं ,१५ चैतः काठमाडौँ सिंहदरबर पश्चिम गेट अगाडि शुक्रबार सडकमा फाट्टफुट्ट चलेका सवारीसाधन र दिनहुँ जस्तो व्यस्त रहने सडक शुक्रबार समाजवादी मोर्चा नेपाल भृकुटीमण्डपमा भएको कार्यक्रमले यस सडकमा सवारीसाधन आवतजावत भएको देखिन । तस्बिरः हरिराम भेटुवाल/रासस
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, राती १० बजेसम्मका लागि जारी भएको कर्फ्यूको समय शनिवार बिहानसम्मका लागि थप गरिएको हो । काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न स्थानमा चार किल्ला तोकी सो सिमाना भित्र कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ । 

बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखि विमानस्थल, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वर बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म कफर््यू क्षेत्र तोकिएको छ । त्यसैगरी गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै बानेश्वर चोकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।