७ जेष्ठ २०८३, बिहिबार 1779381018
Banner

पूर्वपञ्चहरु दुर्गा प्रसाईंलाई दोष थोपरेर उम्कन खोज्दै छन् : शंकर पोखरेल

काठमाडौं  । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुर्गा प्रसाईका अराजक तत्वहरुले गरेको अपराधिक क्रियाकलाप सुरक्षाकर्मीलाई बोकाएर पानीमुनीको ओभानो बन्न खोजेको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्व राजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न ‘जनकमाण्डर’ तोकिएका दुर्गा प्रसाईद्वारा परिचालित गरिएका हुल्लडवाजहरुले गरेको अपाधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर पानीमुनीको ओभाने बन्न खोजिरहेका छन् राजावादीहरु । तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ ।’

उनले राजावादी र पूर्व पञ्चहरुले यो सबै अपराधको भारी दुर्गा प्रसाई र उनका अनुचरलाई बोकाएर उम्कन खोजेको समेत आरोप लगाएका छन् । उनले लेखेका छन् ‘घटना घटेको दिनसम्म राप्रपाको संस्थापन पक्षलाई लागेको त यस्तै थियो । तर निर्मल निवासको थ्रेटका सामु उनीहरु निरही देखिए र भन्न थाले प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले ।’ उनले यो सत्यलाई निर्मल निवासको भयले थिच्दा यस्तै भएको बताएका हुन् ।