४ आश्विन २०८१, शुक्रबार 1726849996
Banner

श्रीलंकामा भिडन्त हुँदा सांसदसहित ५ जनाको मृत्यु

श्रीलंकामा सरकार समर्थक र विरोधिबीच भएको हिंसात्मक झडपमा एक सांसद सहित ५ जनाको ज्यान गएको छ।

समाचार संस्था एएफपीका अनुसार घटनामा परी कम्तीमा १५० जना घाइते भएका छन्।

सत्तारूढ दलका सांसद अमरकीर्थी अथुकोरालाले एउटा कारलाई रोक्ने क्रममा सोमबार गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका थिए घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सांसद्ले ‘त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको,’ एक प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमा जानकारी दिएका छन्।

त्यसपछि प्रहरी, सरकार समर्थक र विरोधीबीच भइरहेको लगातारको झडपमा परी थप ३ जनाको ज्यान गएको छ। 

कोलम्बोमा भएको झडपका घाइतेको उपचार भइरहेको कोलम्बो नेशनल अस्पतालका प्रवक्ता पुष्पा सोयसाले एएफपीलाई बताइन्।

यसैबीच श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षले  सरकार विरोधी प्रदर्शन तिब्र भइरहँदा राजीनामा दिएका छन्।

राष्ट्रपति तथा आफ्ना भाइ गोटबय राजपक्षलाई राजीनामा पत्र बुझाउँदै ७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताएका छन्। एजेन्सी