विराटनगर, १८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले एभरेष्टसँग विश्वको सर्वोच्च शिखर सगरमाथाको कुनै सरोकार नरहेको बताएका छन् ।
आज कोशी प्रदेश लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथाको अर्को नाम एभरेष्ट नभइ नितान्त सगरमाथा मात्रै रहेको बताएका हुन् ।
‘एभरेष्टसँग माउन्ट एभरेष्टको समगरमाथाको कुनै लिनदिनु छैन, त्यसकारण यो नक्कली नाम हो,’ उनले भने, ‘हामीले सगरमाथा नै भन्नुपर्छ, प्रपर नाउन भनेको अर्को हुँदैन, त्यसैले सगरमाथा इज सगरमाथा ।’


