काठमाडौं । नेकपा एमालेका नेता प्रदीप नेपालको निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा नेता नेपालको निधन भएको हो । नर्भिकको आईसीयूमा उपचाररत नेता नेपाल पार्किन्सन्स रोगबाट ग्रस्त थिए ।

उनलाई निमोनिया पनि देखिएको अस्पताल स्रोतले जानकारी दियो । उनी साहित्यकारसमेत हुन् । नर्भिक अस्पतालका सीईओ अजय मिश्रका अनुसार नेता नेपालको निधन केहीबेरअघि भएको हो ।


