४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 1:15 pm
Banner

रूपन्देहीमा स्कुल बसमा आगलागी, सबै विद्यार्थी सकुशल

सूचना प्रेस २०८२ बैशाख २५ बिहिबार ००:००, ११:५८ बजे १ मिनेट पढाइ

रूपन्देही । रूपन्देहीमा स्कुल बसमा आगो लागेको छ । शुद्धोधन गाउँपालिका वडा नं ४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हायर सेकेण्डरी स्कुलको बसमा आगो लागेको हो। विद्यार्थी बोकेर विद्यालय जाँदै गरेको बसमा एक्कासी आगलागी भएको बताइएको छ ।

स्थानीयले आगो लागिरहेको बसबाट सबै विद्यार्थीलाई सकुशल बाहिर निकालेका थिए । प्रहरी र दमकलले बसमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ । बस पूर्णरूपमा जलेर क्षति भएको छ ।