४ आश्विन २०८१, शुक्रबार 1726870885
राजनीति

मौन अवधिमा कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिद्वारापार्टी परित्याग

कपिलवस्तु- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा संसदीय बोर्ड टिकट वितरण समितिको सदस्यसमेत रहेका कपिलवस्तुका कृष्णप्रसाद पौडेलले पार्टीबाट राजीनामा दिनुभएको छ ।

समितिले सिफारिस गरेको भन्दा फरक व्यक्तिलाई उम्मेदवार बनाएको कारणले पौडेलले राजीनामा दिनुभएको हो । उहाँको राजीनामाले शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिकामा प्रभाव पार्ने देखिएको छ ।

२०३७ सालदेखि निरन्तर पार्टीमा योगदान गरेका र नेपालको प्रजातान्त्रिक आन्दोलन, सत्याग्रहमा सामेल भएका पौडेल सक्रिय कार्यकताका रुपमा चिनिनुहुन्छ । पार्टी क्षेत्रीय सचिव, जिल्ला कार्य समिति सदस्य, दुई पटक महाधिवेशन प्रतिनिधिसमेत रहेका उहाँ पार्टी परित्यागपछि स्वतन्त्र रहने जनाउनुभएको छ ।