४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 7:57 am
Banner

३१ औँ पटक सगरमाथाको चुचुरोमा कामीरिता

सूचना प्रेस २०८२ जेष्ठ १३ मंगलबार ००:००, ०९:१४ बजे १ मिनेट पढाइ

काठमाडौं । कामीरिता शोर्पाले ३१ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ४ बजे उनले सगरमाथा आरोहण गरेका हुन् ।

सेभेन समिट ट्रेक्सका अनुसार उनले आफ्नै नाममा रहेको ३० पटक सगरमाथा आरोहणको रेकर्ड तोडेका छन् ।

सेभेन समिट ट्रेक्सले कामीरितालाई राष्ट्रिय आरोही नायक भन्दै सगरमाथाको विश्वव्यापी प्रतीक भएको बताएको छ ।

उनले आधार शिविरमा सुरक्षित अवतरण गर्ने पनि सेभेन समिटले विश्वास गरेको छ ।