७ जेष्ठ २०८३, बिहिबार 1779408119
Banner

एघार सय केजी गाँजा सहित दुई महिला पक्राउ 

उदयपुर – उदयपुर प्रहरीले प्रतिबन्धित लागू औषध गाँजा सहित दुई महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको संयुक्त टोलीले जिल्लाको चौदण्डी गढी नगरपालिका १ रानी टार बाट उनीहरूलाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक केदारमान दोङले जानकारी दिनुभयो ।

चौदण्डी गढी १ रानी टार निवासी अन्दाजी वर्ष ४१ कि रत्न माया श्रेष्ठको घरबाट ३५ बोरा प्रतिबन्धित लागू औषध गाँजा रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारी उक्त प्रतिबन्धित लागू औषध गाँजा नियन्त्रणमा लिएको हो । ३५ वटा बोरामा लुकाई छिपाइ राखिएको प्रतिबन्धित लागू औषध गाँजा ११ सय ४३ केजी २७५ ग्राम रहेको प्रहरीको भनाई छ ।

घरमा लुकाई छिपाई राखेको उक्त गाँजा सहित घरधनी रत्न माया श्रेष्ठ र सोही स्थान बस्ने अन्दाजी वर्ष ४२ की कमला श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

पछिल्लो समय उदयपुरमा लागू औषध कारोबारी र प्रयोग कर्ताहरूमा वृद्धि हुँदै गएको छ ।