काठमाडौं, ३२ असार । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ आज साँझ मात्रै हुने भएको छ ।
यसअघि दिउँसो ३ बजेका लागि तोकिएको शपथ साँझ ६ बजेका लागि सारिएको हो ।
न्यौपानेलाई हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सामान्य प्रशासनमन्त्री नियुक्त गरेका थिए ।


