काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजेट पारित भएको छ ।
महानगरको आगामी आर्थिक वर्ष २०८२–०८३ को २५ अर्ब ११ करोड ४३ लाख ४१ हजारको बजेट सर्वसम्मत पारित भएको हो ।

आन्तरिक आय र बैँक मौज्दात गरी कुल २० अर्ब १२ करोड रुपैयाँ स्रोत व्यवस्थापनबाट हुने अनुमान गरिएको छ ।
त्यस्तै, महानगरपालिकाको नेपाल सरकार तथा प्रदेश सरकारवाट सशर्त, समानीकरण, राजश्व बाँडफाटबाट प्राप्त हुने अनुदान ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार स्रोत सुनिश्चित गरिएको छ । असार २९ गते काठमाडौं महानगरका उपमेयर सुनिता डंगोलले २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट पेस गरेकी थिइन् ।


