काठमाडौँ । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण स्थगितको अवस्थामा रहेको दाबी गरेका छन् । दुई दिने पोलिटब्युरो बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा प्रमुख गौतमले भण्डारीको सदस्यता नवीकरणबारे आगामी दिनमा छलफल हुने भन्दै हाल पेन्डिङ रहेको बताएका हुन् ।

सञ्चारकर्मीले भण्डारीको सदस्यता नवीकरणबारे सोधेको प्रश्नको जवाफ दिदै गौतमले भने, ‘अहिले उहाँको सदस्यता नवीकरण पेन्डिङ अवस्थामा छ । हामीले विधानका धाराहरू पनि हेर्यौँ, धारा ८ र ९ आकर्षित भयो । यो भनेपछि त्यो जहाँ छ, स्थगन अवस्थामा छ भन्ने बुझिन्छ ।’
भण्डारीले राष्ट्रपति हुन पार्टी सदस्यता त्यागेकाले नवीकरणबारे आवश्यक निर्णय गर्नुपर्ने वा पार्टीले अर्को कुनै निर्णय गर्नुपर्ने गौतमको भनाइ छ ।


