पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीन भ्रमणमा निस्किएका छन् । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री र पोखराका मेयर धनराज आचार्य सहितको टोली ल्हासा जान लागेको हो । पाण्डेको अनुपस्थितिमा गण्डकीको कार्यवाहक मुख्यमन्त्री पद्मा जिसी श्रेष्ठलाई तोकिएको छ ।
पाण्डेको टोली साउन १२ गते नेपाल फर्किने छ । ल्हासामा हुँदा उनले कोरला नाका खुला गर्ने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि चीन सरकारसँग आग्रह गर्ने छन् । यसबाहेक दुई देशका व्यापारीहरूको व्यापार सहरीकरणबारे पनि छलफल हुने बताइएको छ । पाण्डे मुख्यमन्त्री नियुक्त भएपछि यो नै पहिलो अन्तर्राष्ट्रिय औपचारिक भ्रमण हो ।


