काठमाडौं । काठमाडौंको ठमेलबाट दुई केजी सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । ठमेलबाट दुई केजी सुन र २४ लाख नगद सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् । उनीहरू दुई जना प्रेमी प्रेमिका हुन् ।
काठमाडौं महानगरपालिकाको ज्याठास्थित चिनियाँ नामको होटलबाट सोमबार साँझ उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
सुन बरामद भएपछि प्रहरीले परीक्षण समेत गरेको थियो । सुन पुष्टि समेत भइसकेको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।


