काठमाडौं, १४ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको छ । आज (बुधबार) काठमाडौंमा भएको राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको हो ।

अध्यक्ष श्रेष्ठ कास्कीको पोखरास्थिति लिचीबारी जग्गा प्रकरणमा मुछिएकी छिन् । सो जग्गा प्रकरणमा मुछिएर विवादित बनेपछि उनले वरिष्ठ नेता शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर आफू पार्टीको कामकारबाहीबाट बाहिर छिन् ।
रञ्जितालाई पार्टी अध्यक्षबाट हटाउने प्रस्तावमा संरक्षक रेशमलाल चौधरीलगायतका नेताहरुले असन्तुष्टि जनाएका थिए । रेशम–रञ्जिता श्रीमान/श्रीमती हुन् ।


