म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–७ डाँडाखेतमा नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाअन्तर्गत १३३्(३३ केभी, ३० एमभिए क्षमताको एआइएस प्रविधियुक्त सवस्टेशनको पूर्वाधार निर्माण सकिएको छ । उपकरण जडान अन्तिम चरणमा पुगेको यस सवस्टेशनले म्याग्दी नदी र सहायक खोलाका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रीडमा पठाउनेछ ।

यो आयोजनामा २५ किमि लम्बाइको १३२ केभी डबल सर्किट प्रसारण लाइन र दुईवटा सवस्टेशन निर्माण भइरहेको छ । हालसम्म ७९.१७५ भौतिक प्रगति भएको छ । राहुघाटमा २२०र१३२र३३ केभी, २०० एमभिए क्षमताको जिआइएस प्रविधियुक्त सवस्टेशनको संरचना निर्माण सुरु भएको छ ।
कूल लागत रु ४ अर्ब ८८ करोड रहेको यस आयोजनामा विद्युत् प्राधिकरणको रु १ अर्ब ५ करोड र एसियाली विकास बैंकको रु ३ अर्ब ८२ करोड लगानी छ । टावर निर्माणका लागि निजी तथा वन क्षेत्रको जग्गा खरिद÷मुआब्जा वितरण भइसकेको छ ।
राहुघाट क्षेत्रमा १७२.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना निर्माणाधीन छन्, जसमा केहीले परीक्षण उत्पादन सुरु गरेका छन् ।


