११ श्रावण २०८३, सोमबार 1785150838
जलविधुत

माया खोला हाईड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । माया खोला हाईड्रोपावर लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच माया खोला हाईड्रोपावरको हकप्रद शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।

आज एक समारोहबीच भएको उक्त सम्झौतामा माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले माया खोला हाईड्रोपावर लिमिटेडको १,००,००,००० (अक्षरेपी एक करोड मात्र) कित्ता हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमती लिन गर्नु पर्ने कार्यहरु तथा अनुमति पश्चातको बिक्री प्रबन्धकको कार्यहरु गर्नेछ ।

यस कम्पनीको स्थापना २०६७ सालमा प्रा. लि को रुपमा भई २०७३ सालमा लिमिटेडमा रुपान्तर भएको हो । यस कम्पनीले संखुवासभा जिल्लामा १४ं.९ मे. वा. क्षमताको माया खोला हाईड्रोपावर आयोजनको निर्माण गरि मिति २०८० असार देखि विद्युत उत्पादन गरि नेपाल विद्युत प्राधिकरण्लाई बिक्री गर्दै आईरहेको छ । यस कम्पनीले सर्वसाधारणहरुलाई २०७९ माघमा प्राथमिक शेयर जारी गरेको थियो ।