४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 7:29 am
Banner

माओवादी पदाधिकारी बैठक अनिश्चितकालका लागि स्थगित

सूचना प्रेस २०८२ भदौ ४ बुधबार ००:००, १३:२३ बजे १ मिनेट पढाइ

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बैठक अनिश्चितकालका लागि स्थगित भएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

पछिल्लो राजनीतिक अवस्था र संसदमा प्रभावकारी भूमिका खेल्नुपर्ने भएकाले बैठक स्थगित भएको उनले बताए । मंगलबार बसेको पदाधिकारी बैकठकले उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेर सरकार अधिनायकवादी तथा निरङ्कुशतातर्फ अगाडि बढ्न खोजेको निष्कर्ष निकालेको थियो ।