५ आश्विन २०८१, शनिबार 1726918154
समाचार

झापाको कनकाई नगरपालिकामा एमालेका राजेन्द्र पोखरेल विजयी

विर्तामोड -झापाको कनकाई नगरपालिका प्रमुखमा राजेन्द्र पोखरेल बहुमत वडाध्यक्ष सहित विजयी हुनुभएको छ ।
मत गणना सकिएर पोखरेललाई घोषणा गरिए पनि विस्तृत मत परिणाम आउन बाँकी रहेको छ ।

पोखरेल विजयी भएपछि एमाले कार्यकर्ताहरुले सुरुंगा बजारमा विजयी जुलुस निकालेका छन् । उपमेयरमा नेपाली काँग्रेसकी आशा शर्मा विजयी हुनुभएको छ । एमालेले ९ वडा मध्ये ७ वटा वडा र २९ जना सदस्य जितेको छ ।