काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ढल्केवर सवस्टेशनको निरीक्षण गरेका छन् । बिहीबार धनुषा पुगेका मन्त्री खड्काले देशकै सबैभन्दा ठुलो अन्तरदेशीय प्रसारण लाइनको स्थलगत निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा उनले सबस्टेशनबाट प्रवाह भइरहेको अन्तरदेशीय प्रसारण लाइनको अवस्थाबारेमा विस्तृत जानकारी लिएका थिए ।

उनले ढल्केबर विद्युत् सबस्टेशनको अवस्थाबारे थप जानकारी प्राप्त गरेपछि भविष्यमा आवश्यक नवीकरण र विस्तारका उपायहरूलाई ध्यानमा राख्दै उपयुक्त निर्णय लिने प्रतिबद्धता व्यक्त गरे । निरीक्षण भ्रमणमा नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश क्षेत्रीय कार्यालयका प्रमुख मनोज यादव, ढल्केवर ग्रीड सबस्टेशनका प्रमुख सूर्यनारायण मण्डललगायतको सहभागिता थियो ।


