१६ बैशाख २०८३, बुधबार 1777456938
समाचार

फेवातालमा हाम फालेकी महिलाको सकुशल उद्वार

पोखरा, १७ भदौ । पोखराको फेवा तालमा हाम फालेकी महिलाको सकुशल उद्वार गरिएको छ ।

मकवानपुर घर भई पोखरा–६ लेकसाइड बस्ने करिब ४५ वषीकी हीरा नेगी आज बिहान तालमा हाम फालेकी थिइन् ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल कालिका गण कास्कीबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएका पाँच जना गोताखोर, पाँच जना विपद व्यवस्थापन र नेपाल प्रहरी सहितको संयुक्त सुरक्षा फौजले उद्धार गरेको हो।