२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 10:06 am
Banner

नेपाल र बङ्गलादेशको खेल बराबरी

सूचना प्रेस २०८२ भदौ २१ शनिबार ००:००, २०:२९ बजे १ मिनेट पढाइ

भदौ २१ गते । नेपाल र बङ्गलादेशबिचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोल रहित बराबरीमा सकिएको छ । 

दशरथ रङ्गशालामा शनिबार साँझ भएको प्रतिस्पर्धात्म खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर गुमाएका थिए । 

मैत्रीपूर्ण खेलको नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले रेफ्रीलाई बल प्रदान गरी उद्घाटन गर्नुभएको थियो । 

यस खेल विश्व फुटबल महासङ्घ (फिफा) विन्डो अन्तर्गत आयोजना भएको हो । दुई टोलीबिचको दोस्रो खेल मङ्गलबार हुनेछ ।