४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 9:01 am
Banner

शुक्रबारसम्म निषेधाज्ञा र कर्फ्यु आदेश जारी

सूचना प्रेस २०८२ भदौ २६ बिहिबार ००:००, ०४:४३ बजे १ मिनेट पढाइ

काठमाडौँ । नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबारसम्म निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ । बुधबार साँझ पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषण गर्दै सेनाले नागरिकको धनजन सुरक्षार्थ विज्ञप्ति निकालेर कर्फ्यु आदेश जारी गरेको हो । 

जसअनुसार २६ गते बिहान १० बजेदेखि ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ भने २६ गते बेलुका ७ बजेदेखि २७ गते बिहान ६ बजेसम्म कर्फ्यु जारी रहने सेनाले जनाएको छ ।