४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 7:57 am
Banner

खनाल, अर्याल र घिसिङ्गले आज मन्त्रीको शपथ लिर्दै

सूचना प्रेस २०८२ भदौ ३० सोमबार ००:००, ०४:५६ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ ।

नयाँ मन्त्रीहरुमा अर्थ मन्त्रालयमा पूर्वअर्थ सचिवसमेत रहेका रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको छ ।

गृहमन्त्री अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक समेत रहेका घिसिङले उर्जासहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

उनीहरूको शपथ ग्रहण आज हुँदैछ ।