४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 7:15 am
Banner

‘मेरो घर जलाएर ध्वस्त बनाउनुमा माओवादी केन्द्रको हात छ’–पूर्वमन्त्री बस्नेत

सूचना प्रेस २०८२ भदौ ३० सोमबार ००:००, ०९:१५ बजे १ मिनेट पढाइ

काठमाडौं, ३० भदौ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बस्नेतले आफ्नो घर ध्वस्त गर्नमा नेकपा माओवादी केन्द्रको हात रहेको आरोप लगाउनुभएको छ।
उहाँले आइतबार जसमा स्वदेशी मात्र नभएर विदेशीहरु पनि संलग्न रहेको दावी गर्नुभएको हो। नेता बस्नेतले आफ्नो सिन्धुपाल्चोकस्थित घरको भग्नावशेषमा केही मानिसहरु जम्मा गरेर निकै समयसम्म भाषण सुनाउनुभएको थियो ।आफ्नो घर ध्वस्त पारिएकोमा उहाँले कडा आक्रोश पोख्नुभएको छ।
यहि भदौ २३ र २४ गते जेनजी युवाको आन्दोलनको क्रममा नेता बस्नेतको घर जलेर ध्वस्त भएको थियो ।