४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 7:47 am
शिक्षा /स्वास्थ्य

आन्दोलनका घाइतेमध्ये शिक्षण अस्पातलबाट दुई दर्जनबढी डिस्चार्ज

सूचना प्रेस २०८२ भदौ ३० सोमबार ००:००, १४:०५ बजे १ मिनेट पढाइ

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा घाइते भएका दुई दर्जनभन्दा बढी बिरामी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। भदौ २३ र २४ गतेको आन्दोलनमा घाइते भई अस्पताल भर्ना भएका ३५ मध्ये १५ जना डिस्चार्ज भइसकेका छन् ।

उक्त अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो भने घाइतेमध्ये २२ जनाको शल्यक्रिया गरिएको छ । देशभरको आन्दोलनमा हिजोसम्म ७२ जनाले ज्यान गुमाएका छन् ।

मृत्यु हुनेमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र तीन जना सुरक्षाकर्मी छन् । त्यस क्रममा घाइते सयौंको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।