काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । असोज ६ गते सोमबार बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा.शम्भु प्रसाद ढकालले जानकारी दिए । त्यस्तै असोज १६ गते बिहीबार ११ बजेर ५३ मिनेटमा दसैँको टिकाको शुभसाइत रहेको छ ।

२०८२ सालको विजयादशमीका शुभसाइतहरू
२०८२ साल असोज ६ गते सोमबार– नवरात्रारम्भ, घटस्थापना बिहान ९ बजेर १३ मिनेट


