काठमाडौं, ७ असोज । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले जेनजी आन्दोलनको मर्म केपी शर्मा ओली सिध्याउने मात्र रहेको पछिल्लो परिणामले देखाएको दाबी गरेका छन् ।
सुशीला कार्की नेतृत्वको सरकारमा प्रतिशोधबाट भग्नावशेष भएका मानिसहरुलाई उभ्याउन खोजिएको सुरेन्द्रले दाबी गरेका छन् । यसअघि सरकारले लखेटेका रामेश्वर खनाल, कुलमान घिसिङ, सुशीला कार्की र बालेनका प्रतिनिधि मात्र सरकारमा रहेकोले गर्दा केपीविरुद्ध प्रतिशोध भएको बताएका छन् ।
उनले भनेका छन्– यो व्यवस्थापनमा चाँहि मुख्य पात्र प्रचण्ड र माधव नेपाल हुन् भन्ने देखिन्छ । त्यसपछि चिज सुशीला कार्की भएको ठाउँमा पुगेको पाइन्छ । र, अहिले जो अन्तरिम सरकार बनेको छ, त्यहाँ प्रतिशोधबाट भग्नावशेष भएका मानिसहरुलाई मात्र उभ्याउन खोजिएको छ ।
त्यहाँ जेनजीको मान्छे नै छैन्, अनि यत्रो क्षति, अनि यत्रो किसिमको परिणाम, यो त कल्पना गर्न सकिदैँन नि त, कसैले त यसको अनरसिप त लिर्नुपर्छ होला नि त ? केपी शर्मा ओली सरकार हटेर अर्को सरकार बन्ने बाहेक केही उपलब्धि हुने देखिन्न ।


