६ आश्विन २०८१, आइतबार 1727039366
Banner

इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

इटहरी । इटहरी उपमहानगरपालिकामा मेयर पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेल विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पौडेल ३३,०४९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका यामकुमार सुब्बाले २८,०३१ मत प्राप्त गरे ।

नगरसभापति समेत रहेका पौडेल यसअघि ०७४ मा प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।

उपमेयरमा भने नेकपा एमालेकी संगीता चौधरी विजयी भएकी छन् । चौधरीले ३२,४२५ मत प्राप्त गरिन् । यस्तै, गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले १८,०३१ मत प्राप्त गरे ।