७ जेष्ठ २०८३, बिहिबार 1779350219
Banner

भारतबाहेक ११ देशबाट राजदूत सरकारले फिर्ता बोलायो

काठमाडौं । सरकारले विभिन्न देशमा केपी शर्मा ओलीको सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता गर्ने निर्णय गरेको छ ।

ओलीको पालामा राजनीतिक नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलका अनुसार चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ ।

सरकारले उनीहरूलाई कात्तिक २० गतेभित्र फर्किसक्न भनेको छ ।

यी हुन फिर्ता बोलाइएका राजदूत

डा. कृष्ण प्रसाद ओली,चीन

लोकदर्शन रेग्मी,अमेरिका

चन्द्र घिमिरे,बेलायत

नेत्र तिम्सिना,मलेसिया

शैल रुपाखेती,जर्मनी

धनप्रसाद पण्डित,इजरायल

जंगप्रसाद चौहान,रुस

सनिल नेपाल,स्पेन

रमेशचन्द्र पौडेल,कतार

नरेशविक्रम ढकाल,साउदी

दुर्गावहादुर सुवेदी,जापान