२४ श्रावण २०८३, आइतबार 1786321712
अर्थ

कार्बन क्रेडिटको १ अर्ब ३२ करोड वन विकास कोषमा जम्मा

काठमाडौँ । आज नेपाल सरकारको वन विकास कोषमा १८ लाख ८२ हजार टन कार्बन क्रेडिटको १ अर्ब ३२ करोड रुपैयाँ जम्मा भएको छ ।  सन् २०१८ देखि २०२१ सम्म नेपालले तराईका १३ जिल्लाका वन जङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गरेको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ।

केन्द्रका प्रमुख नवराज पुडासैनीका अनुसार आज रकम जम्मा भएको जानकारी दिएका हुन् ।  ‘विश्व बैंकको फरेस्ट कार्बन पार्टनरसिप फेसिलिटी मार्फत रकम आएको हो’ उनले भने । रौतहटदेखि कञ्चनपुरसम्मका तराईका १३ जिल्लाले कार्बन घटाए बापत पैसा जम्मा भएको केन्द्रका प्रमुख पुडासैनीले जानकारी दिए।