काठमाडौं, मंसिर २३। नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ। अघिल्लो दिन सोमबार ७ सय रुपैयाँले बढेको सुन आज १ हजार रुपैयाँले घटेको हो
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ हजार रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ५१ हजार ९०० कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य घटे पनि चाँदी भने महंगिएको छ। आज १५ रुपैयाँले बढेर चाँदी प्रतितोलाको ३ हजार ६ सय पुगेको छ। सोमबार एक तोला चाँदी ३ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।


