२४ श्रावण २०८३, आइतबार 1786287212
अर्थ

नेप्से ७.८६ अंकले घट्यो, १२ उपसमूह राताम्मे

काठमाडौं । अघिल्लो आइतबारदेखि निरन्तर घटेको नेप्से ६ कारोबार दिनपछि मंगलबार सामान्य बढेपनि बुधबार पुन: ओरालो लागेको छ । मंगलबार ७.३९ अंकले बढेको नेप्से बुधबार ७.८६ अंकले घटेर २ हजार ६०६.२० विन्दुमा झरेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा बुधबार ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। १३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ।

यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन घटेका उपसमूहहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ। यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। झापा इनर्जीको शेयरमूल्य यस दिन सर्वाधिक ९.३० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन श्रीनगर एग्रीटेक इन्डष्ट्रीज शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ३९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै, यस दिन ङादी ग्रुप पावरको १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने युनिभर्सल पावर कम्पनीको कारोबार रकम साढे ११ करोड रुपैयाँ नाघेको छ।