काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनल प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले फाइनलमा स्थान पक्का गरेको हो ।

लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७ ओभर ५ बलमा ९४ रनमा समेटियो । विराटनगरका लागि साम हिजलेटले सर्वाधिक ३४ रन बनाए । मार्टिन गप्टिल २, फाफ डु प्लेसिस ३, नरेन भट्ट २१, लोकेश बम ०, शंकर राना ७, मार्चेन्ट डि लिङे १७, बसिर अहमद ३, प्रतिश जिसी २ र कप्तान सन्दीप लामिछाने ३ रनमा आउट भए ।
बलिङमा लुम्बिनीका तिलक भण्डारीले ३, रुवेन ट्रम्पलम्यान, जेजे स्मिथ र अभिषेश गौतमले दुईदुई तथा शेर मल्लले एकएक विकेट लिए ।


