काठमाडौं । नेकपा एमालेको पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्दैछन् । महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । यसैगरी उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने भएका छन भने उपमहासचिव पदमा योगेश भट्टराईको नाम टुग्गो लागेको छ ।

सचिव पदमा गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल लगायतको नाम टुंगो लागेको बताइएको छ ।
अन्य पदाधिकारीबारे पनि छलफल जारी रहेको बताइएको छ। निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० : ३० बजेदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुनेछ।


